केजरीवालले गरे दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण

एजेन्सी। दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।
निर्वाचन लोकतन्त्रको जग हो । लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो । दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भने, “अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गरेका हुन् ।” दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले जमानत दिएको थियो ।