काठमाडौं– त्रीदेशीय लिंक रोडको रूपमा रहेको किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’ गरिएको छ ।मित्रराष्ट्र चीन-भारत जोड्ने छोटो सडकको सोमबार ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो।
ब्रेक थ्रुपछि खाँदबारीदेखि किमाथांकासम्मको १ सय ५८ किलोमिटर सडकको दूरी जोडिएको छ।भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० किलोमिटर क्षेत्रमा कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई ट्रायक खोल्न दिने निर्णय गरेको थियो।
किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’ गरियो
