२९,जेठ, काठमाडौँको बत्तिसपुतली स्थित तृप्त रेस्टुरेन्टमा कथाकार किशन पौडेलको लघुकथासंग्रह खुसी लोकार्पण भएको छ । संयुक्त लोकार्पणका अवसरमा पौडेलको लघुकथा ‘खुसी’ पनि लोकार्पण गरिएको हो ।
अशेष मल्लको विशेष अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लघुकथाकार खेमराज पोखरेलले स्वागत मन्तव्य राख्नुभयो ।
क्रमशः पुष्करराज भट्ट, गोपाल अश्क, हेमचन्द्र नेपाल र कुमारप्रसाद कोइरालाले लोकार्पित कृतिहरूको फरक फरक कृतिहरूको समीक्षात्मक टिप्पणी गर्नुभयो ।
खुसी प्रायः लघुकथाहरू लोकप्रिय पत्र–पत्रिकाहरूमा प्रकाशित भैसकेको छन् । उक्त संग्रह भित्रका लघुकथाहरुमा सामाजिक र राजनीतिक विसङ्गति मानवीय जीवन र प्रवृत्तिका कथाहरूलाई सूक्ष्म रूपमा उतारिएको छ ।