इन्डियन प्रिमियर लिग (आईपीएल)को हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ७ विकेटले पराजित गरेको छ ।
बैंग्लुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले १६. ५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका लागि वेंकटेश ऐयरले सर्वाधिक ५० रनको योगदान गरे । यस्तै फिल साल्टले ३०, सुनिल नरेनले ४७, र कप्तान श्रेयर ऐयरले ३९ रन बनाए । बैंग्लुरुका लागि यश दयाल, मंयक डगर र विजयकुमारले समान १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । बैंग्लुरुका लागि विराट कोहलीको सर्वाधिक ८६ रन बनाए ।त्यस्तै क्यामरुन ग्रिनले ३३,ग्लेन म्याक्सवेलले २८, दिनेश कार्तिकले २० रन बनाए । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले २–२ विकेट लिए भने नरेनले १ विकेट लिए । आज लखनउ सुपर जायन्टस् र पञ्जाव किंग्सबीच खेल हुनेछ ।