काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा कोटीहोम महायज्ञ सुरु भएको छ । मानव सेवा फाउन्डेसनलगायत संघ संस्थाको आयोजनामा सुरु भएको एक महिने कोटीहोम महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्त तथा ख्यातिप्राप्त कथा वाचकबाट प्रवचन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, चन्द्रकला सखी लगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।महायज्ञमा एक सय आठ पण्डितबाट वैदिक मन्त्रसहित नियमित हवन, कन्या पूजन, तुलादान लगायतका कार्यक्रम गरिनेछ ।