काठमाडौँ : जिल्ला अदालत काठमाडौँले आज विद्युतीय चुरोट (भेप)मा हालेर गरिएको सुन तस्करी प्रकरणका आरोपी राहुल महरालाई थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा पठाउने आदेश दिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। राहुल नेकपा माओवादी केन्द्रका नेता, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।
इजलासले अर्का आरोपीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख धरौटी माग गरिएको दाहालले बताए।