लेबनान समूह विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाण्डौं । आमन्त्रित टोली लेबनान शतप्रतिशत जितका साथ १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको बैङ्गलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको समूह चरणको तेश्रो तथा आफ्नो पहिलो खेलमा भाल्दिभ्सलाई १-० गोलले पराजित गरेको हो ।

लेबनानको जितमा हसन माटुकले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको २३ औं मिनटमा गोल गरेका थिए ।

लेबनानको प्रतियोगितामा यो लगातार तेश्रो हो जित हो । जितसँगै ३ खेलबाट ९ अंक जोडेको लेबनान समूह बी को शिर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ ।

अब लेबनानले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक भारत समूह ए को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

यता प्रतियोगितामा दोश्रो हार व्यहोरेको माल्दिभ्स ३ खेलमा ३ अंक जोडेर तेश्रो स्थानमा रह्यो ।