दबाब बिनै राजतन्त्र पुनःस्थापना गरौँ : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने बताए। उनले रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलसँग आग्रह गरे।

उनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए। उनले राजनीतिक दलका नेतालाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए।

उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने बताए। उनले दशैँ तिहार सकिएपछि आन्दोलनको गरेर अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिए।