Trending Now

भूगोल साहित्य समाजद्वारा विशेष साहित्यिक कार्यक्र सम्पन्न

‘भूगोल साहित्य समाज’ले युवा कवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्यलाई स्मरण एवम् श्रद्धाञ्जलि अर्पण गर्दै भदौ १६ गते एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो ।
लीलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा प्रमुख अतिथि रहनुभएको कार्यक्रमका अतिथिहरूमा संस्थाका मानार्थ सदस्यद्वय टेकराज जोशी र उद्धव खनाल एवम् नारी स्रष्टा समाज नेपाल, विराटनगरका अध्यक्ष ममता मृदुल रहनुभएको थियो ।
कार्यक्रममा कविहरू विजयध्वज थापा, ओम आचार्य, बासुदेव ठकुरी, उत्तम विचार, मिसन अधिकारी, मुकुन्द पौडेल, भुवन सिवाकोटी ,गीता निरौला भण्डारी, धरणीधर गुरागाईँ, दिनेश विक्रम थापा, एल पी पराजुली, कालीचरण बस्नेत, पद्मा सापकोटा, गोविन्द सिग्देल, वेद लावती, शैलेन्द्रकुमार शाहलगायतका स्रष्टाले आ–आफ्ना रचना कविता,मुक्तक आदि र ममता मृदुलले लघुकथा वाचन गर्नुभएको थियो भने महेश रिजाल र राधेश्याम डङ्गोलले गीत गाउनु भएको थियो ।
आगन्तुक अतिथिहरूको स्वागत उपाध्यक्ष दिनेश विक्रम थापाले गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाहले गर्नुभएको र कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नु भएको थियो । कार्यक्रम समाजकै सभाहल, दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको थियो ।
आयोजक संस्था भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा गठित साहित्यिक संस्था हो जुन विगत तीन वर्षदेखि क्रियाशील छ । यसको कार्यालय दरबारमार्ग,काठमाडौमा रहेको छ । ‘भूगोल साहित्य समाजले आयोजना गरेको यो १८औँ कार्यक्रम हो ।

 

Comments are closed.