पुराना दलको औचित्य सकियो भन्नेहरुलाई एकै ठाउँमा उभिएर जवाफ दिन्छौंँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलकाे दलहरूको औचित्यमाथि प्रश्न उठाउने कोशिस भइरहेकाे बताउनुभएकाे छ ।

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजना गरेकाे चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पुराना दलकाे औचित्य सकियाे भन्नेहरुलाई एकै ठाउँमा उभिएर जवाफ दिने बताउनुभयाे । ‘अब सबै राजनीतिक दलहरू एकैठाउँ उभिएर जवाफ दिने तयारी भइरहेको छ, सबै राजनीतिक दलले जवाफ दिने दिन छिट्टै आउँदैछ’ – उहाँले भन्नुभयाे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ समझदारी बनेको समेत प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।

पुराना दलमाथि प्रश्न उठाउनेहरुकाे कुनै इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार नभएकाे उहाँले बताउनुभयाे । पुराना दल विरुद्ध लाग्नेहरुले जनता, लोकतन्त्र र शान्तिको हितमा नभइ अराजकता सृजना गर्ने उद्देश्यसाथ आवाज उठाइरहेका प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।