काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशकाे अर्थतन्त्र लगायत अवस्थाप्रति सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वकाे टाेलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै देशकाे आर्थिक लगायत अवस्थाप्रति गम्भीर हुन आग्रह समेत गरेकाे छ ।
देश आर्थिक मन्दीबाट आक्रान्त भएकाे उल्लेख गर्दै एकीकृत समाजवादीले समयमै उपयुक्त कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । ‘मुलुक आर्थिक मन्दीबाट आक्रान्त हुँदा समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएकाे देखिन्छ, जनतामा व्यापत निराशा-हतासाकाे यस्तै अवस्थालाई प्रयाेग गर्दै कतिपय अवाञ्छित तत्वहरु समाजमा जातीय, धार्मिक-सांस्कृतिक द्वन्द्व मच्चाउन समेत लागि परेका छन्, देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुनसक्छ, त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौँ’- पत्रमा लेखिएकाे छ ।