प्रज्ञामा गजल महोत्सव सम्पन्न

काठमाडौँ — युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागले ‘प्रज्ञा गजल महोत्सव’ सम्पन्न गरेको छ ।

देश तथा विदेशमा रहेका गजलका स्रष्टाहरूलाई समेटेर प्रज्ञाले आइतबार गजल महोत्सव गरेको हो । उपत्यका बाहिर र विदेशमा रहेका स्रष्टाहरूले भर्चुअल माध्यममा गजल वाचन गरे । राधा कँडेल, करुण थापा, रूपक अलंकार, सुमन स्मारिका, उद्धव मिसन, प्रकाश समीर, स्पन्दन विनोद, सुमन घिमिरेलगायतले प्रेम, जीवन एवं समकालीन समयलाई केन्द्रित गरेका भावहरू गजलमार्फत सुनाए । तरुन्नमन्तर्गत धीरेन्द्र प्रेमर्षि, सन्तोष श्रेष्ठलगायतकाले गजल गायन प्रस्तुत गरेका थिए ।

Comments are closed.