बैतडी – सहिद दिवसको अवसरमा बैतडी जिल्लाको दशरथ चन्द न पा वा नं ४ स्थित बस्कोट पत्थरसियामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा काव्यगोष्ठी सम्पन्न भएको छ।
सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको सभापतित्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछालीको प्रमुख आतिथ्यता १६ गते प्रारम्भ भयो थियो। कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा,दशरथ चन्द नगर पालिका प्रमुख पदमराज जोशी लख्खाभाई, सुदूरपश्चिम बिश्वविद्यालयका प्राध्यापकहरु,भारतबर्षको सिक्किम,राजस्थान,इलाहवाद,पिथौरागढ,अल्मोडाका र देशका विभिन्न स्थानका साहित्यकारको अपुर्व जमघट थियो।
१९९७ सालको क्रान्तिका चार सहिद मध्ये दशरथ चन्दको जन्म घरमा कार्यक्रम आयोजना गरिएको थियो। सहिदगेटबाट प्रभातफेरी गरिएको थियो। नेपाल प्रहरी ,ससस्त्र प्रहरी बल,शिक्षक,कर्मचारी,विभिन्न बिद्यालयका विद्यार्थी,साहित्यकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। प्रभातफेरी सभामा रुपान्तरण भए पछि सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्दै ससस्त्र प्रहरी बल र नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो।
औपचारिक कार्यक्रममा विभिन्न वक्ताले आआफ्ना धारण प्रस्तुत गर्दै सहिद प्रती श्रद्धाञ्जली ब्यक्त गरेका थिए। कार्यक्रममा भानीदत्त बडु,कैलासकुमार पाण्डेय र बलदेव भट्टका कृतिको लोकार्पण गरिएको थियो।
सुदूरपश्चिमको कला साहित्यको महत्वपुर्ण बिधा भडाँ प्रस्तुत गरिएको थियो। सकराम कार्कीको भडाँ निकै लोकपृय मानिन्छ। कुमाउनी कलाकारहरुबाट पनि आफ्ना प्रस्तुति पेश गरेका थिए भने विभिन्न बिद्यालयका विद्यार्थीबाट देउडा प्रदर्शन गरिएका थिए।
विभिन्न बिषयमा शेसन सञ्चालन गरिएका थिए। सुदूरपश्चिमको लोक साहित्य,नेपाली साहित्यमा सु प को योगदान ,सिमाक्षेत्रमा प्रभावित भाषा,साहित्य र संस्कृति बिषयमा छलफल गरिएको थियो। सहिद दिवसकै साझ जिल्ला समन्वय समितिको सभाकक्षमा काव्य सभाको आयोजना गरिएको थियो। चौबीस जना स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए। बैतडी सदरमुकाममा देश बिदेशका लेखकको जमघट थियो।
राष्ट्रियता संरक्षण अभियानले ब्यवस्थापन गरेको कार्यक्रममा दशरथ चन्द नगर पालिकाको सहयोग रहेको थियो। साहित्यकार टेकराज पन्त,गजलकार श्रेष्ठप्रीया पत्थर,वीरबहादुर चन्द बिश्रामको सहभागीता रहेको थियो।