दार्जिलिङको विराट साहित्य उत्सव सम्पन्न भयो

विश्व नेपाली महासङ्घको भारत शाखाले २७ र २८ अगस्ट, २०२२ मा आयोजना गरेको विराट साहित्य उत्सव हर्षोल्लासका साथ सम्पन्न भयो। यसमा नेपाल र भारतका विभिन्न प्रान्तका साहित्यिकहरूको समागत थियो।

दुई दिन साहित्यको अमृत सरोवरमा केही साहित्यिक मन्थन, केही कार्यपत्र, केही वक्तव्य, केही साङ्गीतिक कार्यक्रम, केही अभ्यर्थना, केही स्रष्टा सम्मान, केही छलफल भए।

कार्यक्रममा खडानन्द दुलालले ‘जागुनको लिखापानी भाषा लसाहित्यको रूपरेखा’, श्रीमती विन्द्या सुब्बाको ‘भारतीय नारी लेखन’, डा बी आर जोसीले ‘शिलाङ्को भाषा साहित्य र नेपाली पठन पाठन’, श्री प्रेम विश्वकर्माले ‘अरूणाचल प्रदेशको नेपाली भाषा साहित्यको अवस्था’, विकास कार्कीले ‘कलकत्तामा नेपाली भाषा र साहित्यको अवस्था र गतिविधि’, डा कविता लामाले ‘भारतीय बाल साहित्यको लेखनमाथि चर्चा’, र डा नहकुल छेत्रीले ‘भारतीय युद्ध साहित्य’ जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रममा कार्यक्रमलाई डा गोविन्दराज भट्टराई, डा देवी नेपाल, सिपी भट्टराई, महेश पौड्यालले समसामयिक साहित्यको धाराबारे आफ्ना सारगर्भित र गहन अध्ययन प्रकाश पारे। अझ महेश पौड्याल, डा गोविन्दराज भट्टराई, चन्द्र भण्डारी, आदिका विचार मन्थन भने उल्लेखनीय छ। अहिलेको नेपाली साहित्य कता जाँदैछ तर अब कता जान्छ आदि कुरमा महेश पौड्याल र डा गोविन्दराज भट्टराईले मन्थन गरेका थिए। अबको स्थानीयता, जातीयता र मौलिकता जोगाउँदै अब वैश्विक रूपमा हामी अघि बढ्नु परेको कुरा व्यक्त गरेका छन्। डा गोविन्दराज भट्टराईले पनि उत्तरआधुनिक हुँदै नेपाली साहित्य अघि बढिसकेको र नेपाली साहित्य विश्वसाहित्य भइसकेको करा व्यक्त गरे। कार्यक्रममा मोजेस त्रिखत्री, सरस्वती शर्मा, दीपक चामलिङ, प्रेम विश्वकर्म, ज्ञानबहादुर छेत्रीका एकेक वटा पुस्तक लोकार्पित भएका थिए।