साहित्यकार तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत’ लोकार्पण

काठमाडाैं । वरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको दशाैं कृति मुक्तकसङ्ग्रह ‘सारवत’ को शनिबार लोकार्पण गरिएकाे छ ।
वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी काेने, वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेललगायतले कमलपाेखरीस्थित किष्ट कलेजमा आयाेजित एक कार्यक्रमका बीच शनिबार ‘सारवत’ काे सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले कृतिमाथि चर्चा गर्दै नेपाली मुक्तकमा अर्काे एक नयाँ गहन विषय भएकाे कृति थपिएकाे बताए । नेपाल मुक्तक प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रममा विमाेचित कृतिमाथि साहित्यकार लक्ष्मणप्रसाद गाैत्तमले समीक्षा गरेका थिए । उनले सारवतमा समेटिएका मुक्तक एकदमै मार्मिक र पठनीय रहेकाे बताए । वर्तमानका असंगतिमाथि व्यंग्यले भरिएका मुक्तकले समाजका यथार्थलाई चित्रण गरेकाे उनकाे भनाइ थियाे ।
वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेलले विदेशमा जहाँ नेपाली पुगेका छन् त्यहाँ गजल र मुक्तक पुगेका छन् भन्दै अधिकारीका मुक्तकले देशविदेशमै चर्चा पाउन सफल हाेस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा लेखेका र अहिले नयाँ केहीसमेत गरि सबै मुक्तकलाई एउटै पुस्तकका रुपमा प्रकाशित गराएकाे जानकारी दिँदै उपस्थित सबैलाई धन्यवाद दिए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति रामकाजी काेनेले अधिकारीका मुक्तकहरुमा खाेट लगाउने ठाउँ नरहेकाे भन्दै यस्तै उत्कृष्ट मुक्तक तयार गर्ने जाे कसैले आफूलाई जानकारी दिए नेपाल मुक्तक प्रतिष्ठानले त्यसलाई प्रकाशन गर्न सहयाेग गर्ने बताए । कार्यक्रमकाे संचालन नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए ।
यसमा ११८ वटा मुक्तकहरु समावेश गरिएका छन् ।