रौतहटमा बृहत् साहित्यक गोष्ठी सम्पन्न

चन्द्रपुर । साहित्य सञ्जाल रौतहट, चन्द्रपुर र नेपाल स्रष्टा समाजको आयोजनामा बृहत् साहित्यक गोष्ठी सम्पन्न भएको छ ।
आइतबार चन्द्रपुरमा आयोजित कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा र चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष नीलहरि कोइरालाले समाजमा विशिष्ट योगदान दिने रामप्रीत चौधरी, समाजसेवी स्व. छविलाल घिमिरे (मरणोपरान्त) र मर्जिना खातुनलाई साहित्य सञ्जाल सम्मान प्रदान गरे ।
कार्यक्रममा कविहरू सरु बस्नेत, जीवन आचार्य, आलोक कोइराला, बिर्खे अन्जान, लम्बोदर काफ्ले, सुषमा आचार्य, रेणुका जिसी, अनन्त कोइराला, मसान उपासक, श्यामहरि चौलागाईं, माधव गोज्याङ्ग्रो, देविका तिमिल्सिना, तेजविक्रम कार्की, विश्वनाथ सञ्जेल, तारा सुवेदी, राम आचार्य उदित, डा. शान्तिमाया गिरीले कवितावाचन गरे ।