काठमाडौं : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वसकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ। केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो।
म्यागमा विश्वएभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।
यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो। यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए। क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ।
उनका अनुसार पाँच सय क्लब सहभागी भएका थिए। गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्यां किङ स्थान सार्वजनिक गरेको हो।
विश्वकका सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ। ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि सान हो,’ श्रेष्ठ भन्छन्,’टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ। क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ।’
एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ। क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ जस्ता अन्य कलाकारले प्रस्तुती दिइसकेका छन्।
Trending Now
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
- Indian Foreign Secretary Vinay Mohan Kwatra said that Nepal occupies a very special place under India’s ‘Neighbourhood First Policy’
Comments are closed.