सिराहामा बम पड्काएर ६ घरमा लुटपाट

सिराहा । सिराहामा बम पड्काएर ६ घरमा लुटपाट गरिएको छ । जिल्लाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजे डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ ।स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन् ।
डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ ।अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।