एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्।यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।
बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो।उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए।महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।