काठमाण्डौ – आज जैन धर्मका प्रवर्तक महावीरको २६२४औं जन्मजयन्ती मनाइँदैछ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गर्छन् ।
महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट हरेक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले महावीर जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।