ज्वानो:  फाइदा अनेक

तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यसलाई खाध्य विशेषज हरूले ‘नेगेटिव कैलोरी फूड’मा गणना गर्दछन|  आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ | यो थोरै मात्रामा  खाँदा   पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरूले यसको झोल खाने गर्दछन|

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ ।

ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र  दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ ।

गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ । पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ ।ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको छ । पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ । पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ ।

महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ । ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ ।

Comments are closed.