बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसके : सांसद जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताए ।

उनले नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन रु भन्दै प्रश्न गरे । उनले दसैँ, तिहार र छठ पर्वको बेलामा अविलम्ब नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।

उनले भने ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईँ छोला जस्तो भइसक्यो । यो अवस्थामा सरकार के हेरेर बसेको छ रु किन नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि दिन सक्दैन रु हामी संसदमा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ । आजको दसैँको बेला तिहार र छठको बेला अविलम्ब नेपाली जनताप्रति सजग र सचेत होऊ । यो दसैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देऊ । मुलुक र नेपाली जनता तपाईँहरूबाट अलिकति सुख खोजिरहेको छ ।’

सांसद जबराले दसैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उनले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताए ।