काठमाडौं । मिडिया सोसाइटी नेपालले बुधबार जारी गरेको वक्तव्यको अन्तिम हरफले धेरै कुराको संकेत गर्छ । ठूला प्रकाशन गृह र टेलिभिजन सञ्चालकहरूले संस्था मिडिया सोसाइटीले पत्रकार महासंघ वर्तमान सत्ता गठबन्धनको अंग भएको संकेत गर्दै कान्तिपुर मिडिया ग्रुपमा भएको पछिल्लो आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवार महासंघको नेतृत्वका मातृ पार्टी हुनुपर्ने चेतावनी दिएको छ ।
मिडिया सोसाइटीले यति कडा वक्तव्य दिएको सम्भवतः यो पहिलोपटक हो । सबैलाई थाहा छ- महासंघको नेतृत्वमा अहिलेको सत्ता गठबन्धनको एकल वर्चश्व छ । अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहित बहुमत पदाधिकारी र सदस्य कांग्रेसनिकट प्रेस युनियनबाट निर्वाचित छन् ।
म्हासचिव रोशन पुरीसहित सदस्य नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर र बाँकी नेकपा एस निकट समाजवादी प्रेस संगठनलगायत गठबन्धन आवद्ध दलनिकट पत्रकारका सदस्य छन् । एमालेनिकट प्रेस चौतारी महासंघको चुनावमा एक्लै लडेका कारण एकाध सदस्यबाहेक उसले कुनै पद जितेको छैन ।मिडिया सोसाइटीले भनेको छ- नेपाल पत्रकार महासंघको पवित्र उद्देश्य र गौरवपूर्ण विरासत भएपनि पछिल्लो समय महासंघभित्रको अतिराजनीतिकरण,पार्टीको गुटको चलखेलजस्ता विषयले महासंघको साखलाई अविश्वसनीय बनाउँदै लगेको घटनाप्रति जिम्मेवार नेतृत्वलाई सचेत रहन समेत हाम्रो सल्लाह छ । पछिल्लो समय जसरी मूल प्रवाहको मिडियाविरुद्ध कथित अभियान चलाइएको छ, त्यसका पछाडिको स्वार्थ र योजना स्वतः बुझ्न सकिन्छ । ..अन्यतथा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कथित आन्दोलनकारी भनिएका संस्था र उनीहरू संलग्न रहेका मातृ राजनीतिक पार्टी हुने कुरा समेत हामी स्पष्ट गर्न चाहन्छौं ।मिडिया सोसाइटीको यो वक्तव्यले संचारजगत तरंगित छ । महासंघले अर्कोतिर कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीमाथि कारवाही अघि बढाएको छ । केन्द्रले कान्तिपुरको गेटमा आन्दोलन गर्ने र शाखाले व्यवस्थापनसँग सम्झौता गर्ने सिलसिलामा राजनीतिक प्रसंग किन आयो ? यसबारे धेरैले प्रश्न गरेका छन् ।
कान्तिपुरले वर्षौ काम गरेका श्रमजिवी पत्रकारलाई अन्यायपुर्वक निकालेकोमा आन्दोलन चलिरहेको महासंघले आरोप लगाएको छ । तर पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले भने त्यसरी कसैलाई बिदाई गर्न नहुने भन्दै प्याकेजमा सहमति गरेको छ ।
यसबीचमा पत्रकार महासंघको कान्तिपुर शाखा र व्यवस्थापनबीच भएको सम्झौता पत्रकार महासंघ केन्द्र र असन्तुष्ट पत्रकारले अश्वीकार गरेपछि त्यहाँको श्रम समस्या झन् जटिल बनेको देखाईएको छ । त्यसमाथि मिडिया सोसाइटी र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले समेत आन्दोलनमा राजनीतिक उद्देश्य रहेको आरोप लगाएपछि यो थप पेचिलो बनेको हो ।
सबैलाई थाहा छ, पछिल्ला केही वर्षयता कान्तिपुरको सम्पादकीय नीति वर्तमान सत्ता गठबन्धन र तत्कालीन अवस्थामा केपी शर्मा ओलीविरोधी गठबन्धनप्रति नरम थियो । ओलीलाई सत्ताच्यूत गर्नेदेखि चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउनेसम्मका घटनाक्रममा कान्तिपुरलगायत मूलधारका अधिकांश मिडियाले गठबन्धन र विशेषगरी माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिएका थिए ।
त्यसो भए अहिले राजनीतिक प्रसंग कसरी आयो र मिडिया सोसाइटीले किन सांकेतिकरूपमा कांग्रेस र माओवादीले जिम्मेवारी लिनुपर्ने आशयको वक्तव्य दियो ? यसको जड भने जन्मदेव जैसीबाट शुरू भएको हो । श्रमजिवी पत्रकारको पक्षमा निरन्तर आन्दोलन गरिरहेका जैसी पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य र हाल श्रमजिवी पत्रकार संघका अध्यक्ष हुन् । नेपाल प्रेस