पूर्वराष्ट्रपति भण्डारी र नवनियुक्त प्रधानमन्त्री ओलीको चपलीमा भेटघाट

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुगेका हुन् ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । साथै भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् ।ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।तत्कालीन एमाले उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा निर्वाचित भएपछि दलीय आबद्धता त्यागेकी थिइन् । तर पछिल्लो समय उनी राजनीतिमा सक्रिय बन्न लागेको चर्चा छ ।