कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए । कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् ।नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल (कांग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ ।
May be an image of 2 people
Like

Comment
Share

Comments are closed.