फिडेका निर्देशक निगेल र एनओसीका अध्यक्ष श्रेष्ठबिच भेट

काठमाण्डौं । नेपालमा चेस खेलको विकास र विस्तारको लागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र फिडेका निर्देशक तथा सुपर ग्राण्ड मास्टर निगेल शर्ट भेटबार्ता भएको छ ।

सो अवसरमा नेपाल चेस संघका अध्यक्ष विदुर गौतमको पनि उपस्थिति रहेको थियो ।

सो भेटघाटको अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले नेपाल चेस संघले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका चेस प्रतियोगिताको आयोजना गरेर उल्लेखनिय कार्य गरेको बताए।

कार्यक्रममा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनसीएका वरिष्ठ उपाध्यक्ष हरिकाजी महर्जन, महासचिव धरम लामा तथा नेपाल चेस संघ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आजै आईतवार काठमाण्डौं आईपुगेका सर्टले १९ बर्षको उमेरमा ग्राण्डमास्टरको उपाधि जितेका थिए । फिडे विश्व वरियता क्रममा ३ स्थानमा रहन सफल सटै विश्व चेस च्याम्पियनसिप खेल्ने पहिलो बेलायती खेलाडी हुन ।