प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी  ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार बुधबार साँझ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको निवासमा भेटवार्ता भएको हो ।

सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री प्रचण्ड बालकोट जानुभएको हो । उहाँहरुबीच सरकारले विश्वासको मत लिएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । भेटवार्ता मन्त्रिपरिषद् विस्तारको विषयमा केन्द्रित थियो ।

Comments are closed.