‘मोदीबेनी’ले पोस्टर सार्वजनिक गर्दै

काठमाडाैँ । आगामी श्रावण १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘मोदीबेनी’ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।
पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडा पनि अटाएका छन् । पोस्टरबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेत्री रेजिना उप्रेती साधारण गाउँले महिला र अभिनेता दिलीप केसी गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा देखिएका छन् ।
पर्वत जिल्लाको ‘मोदीबेनी’ क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको फिल्म शंकर कोइरालाले निर्देशन गरेका हुन् ।

फिल्ममा बर्षा, अमर, प्रवीण, रेजिना, दिलीपको अलवा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के.सी निर्माता र हरि श्रेष्ठ सह–निर्माता हुन् ।
फिल्ममा शान भुसाल र एसडी योगीको संगीत, उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन छ । फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।