अनेसास क्यालिफोर्नियाले सेप्टेम्बर २४, २०२३ आइतबारका दिन De Anza Park Sunnyvale मा १५८ औं मोती जयन्ती तथा बालप्रतिभा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रको मूल उद्देश्य मोतीको स्मरण गर्नु तथा परदेशमा जन्मिएका वा हुर्किएका बालबालिकाहरूलाई नेपाल ,नेपाली साहित्य र नेपालीपनसॅग तालमेल गराउॅदै उनीहरूमा भएको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्ने रहेको थियो । यस कार्यक्रममा स्थलगत नेपाली भाषा स्कुल सनिभेलमा अध्ययनरत १२ जना बालबालिकाले गीत ,गजल ,कविता र नृत्यना भागलिएका थिए।
यस कार्यक्रमको अध्यक्षता नेपाली भाषा स्कुल वेएरियाकी संस्थापक शिक्षिका तथा अनेसास क्यालिफोर्निया च्याप्टरकी च्याप्टर अध्यक्ष गीता बजगाईॅले गरेकी थिइन्। प्रमुख अतिथित्यता अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले गरेका थिए। यो कार्यक्रम अनेसासका आजीवन तथा च्याप्टर सदस्य ज्योतिष प्राराचार्य विण्णुप्रसाद शर्मा (आचार्य) ले वैदिक मन्त्रद्वारा स्वस्तिक वाचन गरी प्रमुख अथितिद्वारा दीप प्रज्वलन गरे पछि विधिवत प्रारम्भ गरिएको थियो। त्यसपछि क्रमश:नेपाल र अमेरिकाको राष्ट्रिए गान स्वागत मन्तव्य ,रचना वाचन (बाल र पौढ) बाल नृत्यहरू प्रस्तुत गरिएको थियो।
च्याप्टरका सचिव दीपक पाठकले संचालन गरेका यस कार्यक्रमामा बालबच्चा र पौढ गरी लगभग ५५/६० जनाको उपस्थिति रहेको थियो। उपस्थित सबैलाई च्यापटरकी उपाध्यक्ष रीतादेवीप्रधानले स्वागत गरेकी थिइन् ।कार्यक्रमको व्यवस्थापन पक्षको जिम्मा च्याप्टर सदस्य लक्ष्मण पन्थीले निर्वाह गरेका थिए भने खाना व्यवस्थापनमा अरोमा करीका दीपक अधिकारी र हिमासयन फ्लेभर कुजिनका आशिष केसीले निशुल्क प्रदान गरेर सबैलाई आभारी तुल्याएका थिए।
कार्यक्रमा पौढ तर्फबाट रचना वाचन गर्नेहरूमा बालकुमारी घिमिरेले धर्मराज कोइरालाको गजल, कृष्ण बुढाथोकी, सर्वज्ञ वाग्ले, दीपक पाठक, खिमान्नद पोखरेल, रीतादेवीप्रधान, विष्णु आचार्य साथै च्याप्टर अध्यक्ष बजगाईले युवा कवि मोतीराम भट्टको चिनारी गराउॅदै (सही उद्देश्य ,लगन शिलता र अभ्यासले मानिस सफल बन्न सक्छ। यसको उदाहरण ३० बर्ष मात्रै वॅाचेका मोतीराम भट्ट स्वयम हुन्) भन्दै लाठो मान्छे बाठो शरीर नामक बाल गीत सुनाएकी थिइन्।
बालबालिकाको तर्फबाट आर्भी र परीयात्ती पाठकले – सयथरी बाजा एउटै ताल गीतमा नृत्य, सफल पुडासैनीले – कलिलो तामालाई गीतमा नृत्य,प्रयुष र प्रयुन भट्टराईले ‘मेरोदेश’ कविता वाचन ,निष्मा र नित्या श्रेष्ठले रेलैमा सरर गोर्खा पल्टन गीतमा नृत्य, प्रभात अधिकारीले नानीबावु कविता वाचन, श्रीनवी थापा-यादमा तिम्रो र मनको चरी उॅडी उॅडी गीतमा नृत्य आशिर्वाद अधिकारीले- महामृत्युन्जय मन्त्र वाचन तथा अमुल्य गुरूङ्ग र आशिर्वाद अधिकारीले -उठ बस गीतमा युगलनृत्य प्ररस्तुत गरेर माहोललाई निकै तताएका थिए। उपस्थित अभिभावकहरू आफ्ना बच्चाको नाच हेरेर मख्ख देखिन्थे। यस कार्यक्रममा एन आर एन प्रतिनिधि सुसिला खनाल सामाजिक व्यक्ति केपी ढकाल लगायत थुप्रै समाजस्वी तथी बीलबचिचाका अभिभावकहरूको सहभागीता थियो। अन्त्यमा सभाध्यक्ष बजगाईले उपस्थित सम्पूर्णलाई धन्यवाद दिई कार्यक्रम विसर्जन गरेकी थिइन् ।