आर्टमाण्डूको म्युजिकल फिल्म ‘चन्द्रमा’ रिलिज

काठमाडौं, । ‘देखेर तिमीलाई’, ‘के माया लाग्छ र ?’ जस्ता चर्चित गीतहरू सिर्जना गरेर दर्शक श्रोताहरूको मन जित्न सफल ब्राण्ड आर्टमाण्डूले म्युजिकल फिल्म ‘चन्द्रमा’ रिलिज गरेको छ ।

सबिन कार्की (बिस्ट), मल्लिका महतसाथै सनाया लिम्बुको अभिनय रहेको गीतमा कबड्डी-४ को चर्चित गीत ‘केशरी’ फेम्ड एस डि योगी र रेश्मा पुनले स्वर भर्नुभएको छ । गीतमा सुष्मा सिग्देलको शब्द, रिकेश गुरुङको सङ्गीत संयोजन  र सुशान्त गौतमको सङ्गीत रहेको छ ।

यसै म्युजिकल फिल्मका निर्देशक नवीन चौहानले म्युजिकल फिल्ममार्फत चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उहाँको फिल्म ‘द रोड होम’लाई श्रद्धाञ्जली दिएको बताउनुभयो। म्युजिकल फिल्म ‘चन्द्रमा’मा योगेश दाहालको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन एवं रङ्ग संयोजन छ भने पटकथा तथा निर्देशन नवीन चौहानको छ।

Comments are closed.