मुकेश कायस्थ सहिद घोषित

काठमाडौँ । सरकारले २०६२–६३ सालको जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म थलापरी मृत्युवरण गरेका मुकेश कायस्थलाई सहीद घोषणा गरेको छ ।

जनआन्दोलनका क्रममा कञ्चटमा गोली लागि पक्षघात भएर ओच्छ्यानमै थलिएका कायस्थलाई यसअघि सरकारले ज्युँदा सहिद घोषा गरेको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहीद घोषणा गर्ने निर्णय गरेको हो । २७ चैत २०६२ मा प्रहरीले चलाएको चोली कायस्थको कञ्चटमा लागेको थियो । त्यसताका बनेपाको विद्यासागर बोर्डिङ स्कुलमा कक्षा ८ मा उनी अध्ययनरत थिए ।

उनको २८ वैशाख २०८० सालमा निधन भएको हो ।

Comments are closed.