Trending Now

भारतीय दूतावासद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा बहुभाषी काव्य गोष्ठी सम्पन्न

२०७९ फागुन , अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भारतीय दूतावासले नेपाल भारत बहुभाषी काव्य गोष्ठीको आयोजना सम्पन्न गरेको छ ।
एघार भाषाहरुको समन्वय उक्त गोष्ठीका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्थ्यो । कुलपति राईले दीप प्रज्जलन गरी उदघाटन गरिएको कार्यक्रममा अक्षर यात्रा महाराष्ट्र भारत, त्रि.वि हिन्दी विभाग, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि क्याम्पस सह आयोजक रहेका थिए ।
त्रि.वि. हिन्दी विभाग प्रमुख डा संजीता वर्मा सभापति रहेको कार्यक्रम भारतीय दूतावासको सभाहलमा समपन्न गरिएको थियो ।
बहुभाषिक कवि गोष्ठीमा नेपाल र भारतबाट आएका कविहरूले आ–आफनो (एघार) मातृभाषामा कविता वाचन गर्नु भएको थियो ।
कविता वाचन गर्ने कविहरू नवराज कट्टेलले संस्कृत भाषामा ,मुकुन्दप्रसाद लामिछानेले संस्कृतमा, ऋषभदेव घिमिरेले नेपालीमा, रन्जना निरौलाले नेपालीमा, सुमन वर्षाले नेपालीमा, डा. संजीता वर्माले हिन्दीमा, मनोजले हिन्दी, सन्तोष पोखरेल अङ्ग्रेजी, डा लक्ष्मी जोशी,डोटेली, रन्जना कवच, हिन्दी , रमन पाण्डे हिन्दी , गोपाल ठाकुर, भोजपुरी, पूर्व भारतीय राजदूत डा रामभक्त ठाकुरले भोजपुरी,, इम्तियाज बफाले उर्दू, अब्दुल मोबिन खाँले उर्दू, गोविन्द सिंहले पंजाबी, डा उर्मिला चाकुरकरले मराठी, डा प्रीति सिन्देले मराठी, डा ज्योतिले मराठी, आशाले मराठी, दिनकर सुरेन्द्र जोशीले मराठी, दिलासा पाटिलले मराठी, विटा जि सांगली अध्यक्ष अक्षरयात्रीले मराठी, सीता रावले मराठी, पारू तिमल्सिनाले अङ्ग्रेजी, अस्मिता मानन्धरले अंग्रजी, विक्रम त्रिपाठीले अवधि, आलोक तिवारी, अवधि, डा गंगाप्रसाद अकेलाले मैथिली, लगायतले आफ्नो आफ्नो मातृभाषामा कविता वाचान गर्नु भएको थियो ।
बहुभाषिको सुन्दर काव्य संगम उक्त कार्यक्रम चार घण्टा चलेको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन सत्येन्द्र दहियाले गर्नुभएको थियो ।

 

Comments are closed.