नारायणी कला मन्दिरद्वारा नारायणगोपाल स्मृति साँझ आयोजना

चितवन, पुस ।

नेपाली सुगम सङ्गीतमा जीवन्त आवाज दिन सफल गायक नारायणगोपालको सम्झनामा कला मन्दिरले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ।

यो वर्ष पनि  स्वरसम्राट् स्वर्गीय नारायणगोपाल गुरुवाचार्यलाई सम्झना गर्दै चितवनको नारायणी कला मन्दिरले नारायणगोपाल स्मृति साँझ आयोजना गरेको  हो ।

एक दर्जनको हाराहारीमा स्थानीय प्रतिभाहरूले नारायणगोपालको कर्णप्रिय स्वरमा गाइएका गीतहरूमा आवाज भर्नुभएको थियो। कलामन्दिरको पे्रक्षालयमा लहरै वाद्यवाधक टोलीले गीतमा सङ्गीत भरिरहनुभएको थियो भने एकपछि अर्का कलाकारले आफ्नो कला प्रस्तुत गर्नुभयो।

यसरी स्वरसम्राट्को सम्झनामा उहाँद्वारा गाइएका कालजयी गीतहरू नवोधित कलाकारले पस्कँदै गर्दा दर्शकदीर्घामा फेरि एक पटक, फेरि एक पटकको आवाज आइरहेको थियो।

कार्यक्रममा आमन्त्रित भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले समेत ‘म त लालीगुराँस भएछु’ बोलको गीत गाएर नारायणगोपाललाई सम्झिनुभयो। उहाँले आफू साधक नभए पनि कला मन्दिरसँग जोडिन पाउँदाको खुसीमा नारायणगोपाललाई सम्झेर उक्त गीत जानी–नजानी गाएको प्रतिक्रिया दिनुभयो ।

Comments are closed.