नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाजको आयोजनामा नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न सर्जकहरूले आफ्ना काव्य रचना वाचन गरे ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सावित्री कक्षपतीले नारी सर्जकहरूद्वारा वाचन गरिएका कविता शक्तिशाली रहेको उल्लेख गरिन् ।
उनले साहित्यले आवाजविहीनहरूको आवाज बोक्ने भएकाले हरेक सर्जकले तिनका आवाज बोल्नुपर्नेमा जोड दिइन् ।
साहित्यकार हिरण्यकुमारी पाठक र पुष्पाकुमारी खनालले राम्रा कविताहरू सुन्न पाएको बताए ।
उक्त अवसरमा सुमन वर्षा, मन्दिरा मधुश्री, ममता मृदुल, राधा कँडेल, शान्ति शर्मा, मञ्जिला अनिल, रञ्जना निरौला, दुर्गाकिरण तिवारी, रीता खत्री, ललिता दोषी, सावित्री देवी शर्मा, गीता कार्की, बिन्दु अधिकारी ढकाल, शान्ति सापकोटा र रेणुका भट्टराईले आआफ्ना कविता, गजल, लघुकथा वाचन गरे ।