पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक

पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक

काठमाडौँ — राष्ट्रिय सभाबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पारित गरेको हो ।
राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभासमक्ष जानकारी गराएका थिए ।