ने.का.सा.सद्वारा राष्ट्रिय कविता महोत्सव (२०७९) सम्पन्न

 

नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्र्थी संजाल संगको सहकार्यमा राष्ट्रिय कविता महोत्सव (२०७९) आयोजना गरेको छ । महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता, सन्देशमुलक नाटक प्रदर्शन र सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
धुलिखेल नगरपालिकाको सभाहलमा भएको उक्त महोत्सवमा भौतिक रुपमा र प्रविधिको माध्यमबाट सुदुरपश्चिमदेखि बागमती प्रदेश सम्मका विद्यार्थीलाई एकै ठाउँमा ल्याइएको थियो । महोत्सवमा चालिस जना प्रतियोगीले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा प्रतीक अधिकारी प्रथम, सुजन आछामी द्वितीय, स्वस्ती बास्तोला तृतीय र कक्षा सातमा अध्ययनरत कृतिका लामिछाने सान्त्वना भएका थिए । साहित्यकार हरिहर शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निर्यायकहरु कवि डा.अम्बु भवानी कार्की, साहित्यकार रञ्जना निरौला, कवि सुवास सिंह पराजुली र कवि राजेन्द्र ओझा
रहनु भएको थियो ।
विशिष्ट अतिथि अधिवक्ता अजय शंकर झा ‘रुपेश’पूर्व मुख्य न्यायाधीश एक राज आचार्य,
कृष्ण सुन्दर थापा र ऋषीकेश वाग्लेले कार्यक्रमको महत्व र उद्येश्य बारे मन्तव्य दिनु भएको थियो । कार्यक्रम ने.का. सा.स.का अध्यक्ष आयुष बडालको संयोजनमा सम्पन्न गरिएको थियो ।