काठमाडौं : संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो निवास लगिने भएको छ।
बिहान ९ः०० बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालयमै श्रद्धाञ्जलीको व्यवस्था मिलाएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमा राखिने छ।
त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विदेशबाट छोराहरू आइसकेपछि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ।
एमालेले उहाँको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ। नेम्वाङको शोकमा सरकारले बिहीबार सार्वजनिक विदासमेत दिएको छ।