काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको छ ।
फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो ।पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो । यो जितसँगै नेपालले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ।यसअघि भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो ।
लेबनानलाई हराउँदै एक खेलअघि नै फाइनलमा नेपाल
