एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई हरायो

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनसँगको खलेमा पनि जीत निकालेको छ ।

आज सम्पन्न खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको  छ । बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले १२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हा ।

पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिङ सम्हालेका थिए । खेलमा देव खनालले अविजित ३० रन र अर्जुन कुमालले अविजित ३२ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमलव पाँच ओभरमा ७७ रन बनाएर अल उट भएको थियो । खेलमा नेपाली बलर दीपेश कँडेलले ६ विकेट लिएका थिए । त्यसै गरी दुर्गेश गुप्ताले चार विकेट लिए ।

नेपालले अब अर्को खेल कात्तिक २ गते साउदी अरेबियासँग खेल्ने छ ।