काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधिका लागि भएको खेलमा नेपालले यूएईलाई हराएको छ ।
नेपालले यूएईलाई १९ रनले हराउँदै प्रतियोगिता जितेको हो । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा डकवर्थ लुइस मेथडमा खेलाइएको खेलमा यूएईले १ सय ९८ रनको लक्ष्य पाएको थियो । खेलमा यूएई २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । वर्षाको कारण खेल प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा खेलाइएको थियो ।
सो लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।