नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्दै

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्दै

हरेक वर्ष झैं यो वर्ष पनि नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवको सुचना प्रकाशित गरेको छ। यसै प्रक्रियामा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेको छ। महोत्सव असार ९ गते हुनेछ।
महोत्सवमा सहभागी हुन इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा/मातृभाषामा स्वीकार्य हुने प्रतिष्ठानले जनाएको छ ।

प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई वाचनका लागि छनोट गरिनेछ । साथै, छानिएका १० कवितालाई जनही १५ हजार नगद राशिसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

May be an image of poster, temple and text