Trending Now

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडाैँ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएकाे अन्तिम खेलमा युएईलाई ‘डिएल मेथड’मा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउएपछि माैसमका कारण अँध्याराे भएपछि खेल रोकिएकाे थियाे । डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएकाे छ ।

Comments are closed.