आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ ।चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । जसलाई व्यवस्थापन समूहले टुंगो लगाइसकेको छ । आज बिहान बस्ने सञ्चालक समितिले मौद्रिक नीतिको निर्णय गर्ने छ ।
बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । यसैबीच विज्ञहरूले मौद्रिक नीति उत्पादन र रोजगारीमा केन्द्रित गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।