काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको छ ।
सोमबार काठमाडौंमा भएको खेलमा यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले दुई छक्का र ६ चौका मद्दतमा सर्वाधिक ६२ रन जोड्नु भयो । कप्तान रोहित पौडेलले ४७ रनको योगदान गर्नुभयो । त्यस्तै दीपेन्द्रसिंह ऐरी १५ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहनुभयो ।
खेलमा कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट हुनुभयो । उहाँहरूले सोमबारको खेल राम्रो खेल्न सक्नु भएन ।
यूएईका मोहम्मद जवादुल्लाहले दुई, अकिफ राजा र जहूर खानले एक/एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले सात विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५/४५ रन बनाउनुभएको थियो । यसैगरी आसिफ खानले १८, खालिद शाह १२, अलिशान शराफु नौ, अल नासिर नौ, मोहम्मद वासिम आठ, निलान्स केश्वानीले आठ र अकिफ राजा पाँच रन जोड्नु भएको थियो ।
नेपालका सोमपाल कामी र अविनाश बोहराले दुई/दुई विकेट लिए लिनुभएको थियो । त्यस्तै करण केसी र गुल्शन झाले एक÷एक विकेट लिनुभएको थियो ।
नेपाल यो शृङ्खलामा फाइनलमा प्रवेश गरिसकेको छ । नेपाल, यूएई र हङकङ सम्मिलित शृङखलामा नेपाल सतप्रतिशत जितसहित फाइनमा पुगेको हो ।