काठमाडाैं । आईसीसी टी-२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीकाे घोषणा गरिएको छ ।
नेपाली टाेलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले शनिबार राेहित कुमार पाैडेलकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गर्नुभएकाे हाे ।
टोलीमा कप्तान पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् । त्रिदेशीय टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने पनि टोलीमा समेटिएका हुन् ।
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट आगामी सोमबादेखि कात्तिक २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।