Trending Now

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदपारी दिने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदपारी दिने निर्णय गरेको हो ।

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । महतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको नेता शेखर कोइरालाले बताए ।  ‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो । मैले यसको खण्डन गरिसकेको छु ।’ कोइरालाले राष्ट्रपतिको निर्वाचनमा समर्थन जुटाउन लाग्ने बताएका थिए ।

Comments are closed.