नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

बैठकले इलाम क्षेत्र नम्बर-२ र  प्रदेश सभातर्फ बझाङ- १ (१) मा हुने हुने उपचुनावका उम्मेदवारको टुंगो लगाउने उहाँले बताउनुभयाे । वैशाख १५ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

बैठकमा देशकाे समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएकाे छ ।