काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज मंगोलियासँग खेल्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल अहिले केहीबेरमा सुरु हुँदैछ । ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन् । अदालतले मुद्दाकाे सुनुवाइ स्थगित गरेपछि सन्दीप लामिछाने पनि मंगलबार नै चीन गएका छन् ।
समूह ए मा रहेकाे नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । समूह ए, बी र सीका शीर्ष १-१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् ।