टी-२० विश्वकप खेलेर स्वदेश फर्कियाे नेपाली टाेली

काठमाडाैं । वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएकाे छ ।
समूह चरणमै विश्वकपकाे यात्रा टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । टाेलीकाे एउटा समूह बुधबार राति र अर्काे समूह बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकाे नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।
१० वर्षपछि विश्वकपमा पुगेकाे नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्राे खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले हारेकाे नेपाल चाैथाे खेलमा बंगलादेशसँग २१ रनले स्तब्ध भएकाे थियाे ।