अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन

अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन भएको छ। श्रीमानको अवस्था गम्भीर भएपछि उनकी पत्नी सिर्जना सुबेदीले ससुरालाई नेपालबाट बोलाएकी थिइन्। शव नेपाल ल्याउने वा नल्याउने भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लागेको छैन।
चौथो चरणको क्यान्सरसँग जुधिरहेका श्रीमानलाई बचाउन सिर्जनाले थुप्रै संघर्ष गरेकी थिइन्। श्रीमानप्रति उनको त्याग र समर्पणको सामाजिक सञ्जालमा निकै प्रशंसा हुँदै आएको थियो।
विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्न पूर्ण छात्रवृत्तिमा अमेरिका गएका थिए। अमेरिका पुगेको पाँच महिनापछि पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल फर्किएका थिए। आमाको काजक्रिया सकेर अमेरिका फर्किने तयारी गर्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखियो।
अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा उनलाई क्यान्सर भएको थाहा भयो। त्यसपछि निर्धारित दिनमै अमेरिका पुगेर उनले त्यहाँको अस्पतालमा उपचार थाले।
दुर्भाग्यवश, विवेक अमेरिकामा जीवन र मृत्युबीच संघर्ष गरिरहँदा नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो। भाइको निधन भएको चार महिनापछि विवेकले पनि संसारबाट विदा लिएका छन्। यो घटना अत्यन्तै पीडादायी र दु:खद छ।
Comments (0)
Add Comment